कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री - नेपाली व्याकरण
Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Wednesday, June 10, 2020

कक्षा १२ को परीक्षा हुन्छ : शिक्षामन्त्री

सिक्ने सिकाउने हाम्रो अभियान :-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा सञ्चालन गरिने बताएका छन् ।

इडियुपत्रसँगको विशेष कुराकानीमा उनले भने, “कक्षा १२ को परीक्षा हुन्छ । त्यसमा यताउता हुँदैन । तर उपयुक्त समयमा परीक्षा सञ्चालन गरिनेछ ।” उनको यस भनाइबाट कक्षा १२ का सन्दर्भमा देखिएको अन्योल हटेको छ । हुन त उनले यसअघि व्यवस्थापिका संसदमा केही दिनअघि जवाफ दिने क्रममा स्थगित भएका परीक्षा उपयुक्त समयमा लिइने र विश्वविद्यालय तहमा सेमेस्टरको परीक्षा नलिए पनि माथिल्लो सेमेस्टरमा उक्लिन सकिने बताएका थिए ।

शैक्षिक वृत्तमा यतिखेर कक्षा ११ को परीक्षाको औचित्य नभएकाले सो गरिरहनु नपर्ने भन्ने वहस हुँदै आएको छ । कक्षा ११ को परीक्षाका हकमा के हुने भनी सोधिएको जिज्ञाशामा मन्त्री पोखरेलले सो तहको परीक्षाका हकमा आफूहरु प्रवेश नगरेको स्पष्ट गरे ।


एसईई परीक्षा खारेज भएको हो ? भनी सोधिएको प्रश्नमा उनले भने, “संसदबाट छिटै सङ्घीय शिक्षा ऐन पारित होला । त्यसले यी विषयहरुमा प्रष्ट गर्नेछ ।”

शिक्षामन्त्री पोखरलेलले व्यवस्था बदल्न ऐनमा नै परिवर्तन गर्नुपर्ने भए पनि एक पटकका लागि वाधा अड्काउ फुकाउका लागि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनलाई आधार मानेर कक्षा १० को प्रमाणपत्र जारी गरिने बताए । यो निर्णय हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

उनले कक्षा ९ को सक्षमता र कक्षा १० को आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्ने बताउँदै यसका लागि बोर्डलाई मापदण्ड बनाउन निर्देशन दिइएको जानकारी दिए । “त्यही मापदण्डका आधारमा विद्यालयले गरेको मूल्याङ्कनलाई प्रमाणीकरण गरिने छ” उनले भने ।

source :इडियु-पत्र

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot