नेपाली व्याकरण : पदसङ्गति - नेपाली व्याकरण
Responsive Ads Here

Post Top Ad

Your Ad Spot

Sunday, May 31, 2020

नेपाली व्याकरण : पदसङ्गति

our Mobile Application download link :https://play.google.com/store/apps/details?id=com.app.siknethalo

क) पदसङ्गति

पदसङ्गति भनेको पदहरुको बीचको उचित किसिमको मेल हो । यसलाई अन्वय वा क्षमता पनि भनिन्छ । वाक्यमा प्रयोग भएका पदहरुको कर्ता र क्रिया, नाम र सर्वनाम, विशेषण र विशेष्य, नाम र कोटिकर तथा सजीव र निर्जीवका लिङ्ग, वचन, पुरुष र आदरको उचित तालमेल मिलाएर लेख्नु नै पदसङ्गति हो ।

अ) लिङ्ग : पुलिङ्ग र स्त्रीलिङ्ग

स्त्री वा पुरुष, भाले वा पोथी, बुझाउने शब्दलार्य लिङ्ग भनिन्छ । वाक्यमा लिङ्गको सङ्गति मिलाएर लेख्नु पर्दछ । लिङ्गको सङ्गति मिलाउने व्यवस्थालाई लिङ्ग सङ्गिति भनिन्छ । वाक्यमा लिङ्ग मिलाउँदा नाम, सर्वनाम र विशेषणका ख्याल गर्नुपर्दछ ।

 

नाम

नामको पुलिङ्ग र स्त्रीलिङ्ग हुन्छ । यसरी नामका आधारमा सङ्गति मिलाउँदा नाम पुलिङ्ग भए पुलिङ्गी क्रिया र स्त्रीलिङ्गमा भए स्त्रीलिङ्ग क्रिया चयन गरिन्छ, जस्तै :

पुलिङ्ग                      स्त्रीलिङ्ग

राम आयो ।                  सीता आई ।

अञ्जनले खायो ।              अञ्जनाले खाई ।

मामा आउनुभयो ।              आमा आउनुभयो ।

दाइले पिट्नुभयो ।             दिदीले पिट्नुभयो ।

 


सर्वनाम

नामको सट्टामा आउने पदलाई सर्वनाम भनिन्छ । कतिपय सर्वनाम उभयलिङ्गी भए पनि क्रियाको आधारमा लिङ्ग छुट्टिन्छ । यसर्थ सर्वनाममा पनि सङ्गति मिलाउनु पर्दछ, जस्तै :

तँ जान्छस् ।                  तँ जान्छेस् ।

ऊ सुत्छ ।                    ऊ सुत्छे ।

उसले काम बिगा¥यो ।    उसले काम बिगारी ।

को कराउँछ ?                 को कराउँछे ।

 

विशेषण

नाम र सर्वनामको विशेषता जनाउने शब्दलाई विशेषण भन्दछन् । लिङ्गका आधारमा विशेषण छुट्टिन्छ ।

कालो केटो ।                  काली केटी ।

डल्ले मान्छे ।                 डल्ली आइमाई ।

बूढा बा ।                    बूढी आमा ।

आ) वचन : एक वचन र बहुवचन

नाम, सर्वनाम र विशेषणको एक र अनेक संख्या छुट्याउने शब्दलाई वचन भनिन्छ । एकवचन र बहुवचन गरी वचन दुई प्रकारका छन् ।

एक वचन

एउटा मात्र संख्या बुझाउने बचनलाई एक वचन भनिन्छ । नाम, सर्वनाम, विशेषण र क्रिया (वाच्यसहित) मा यो सङ्गति मिलाएर लेख्नुपर्दछ, जस्तै :

 

नाम

राम खेल्छ ।           हरि डुल्यो ।

परेवा उड्यो ।           सीता आई ।

भाइ लड्यो ।           कलम हरायो ।

 

सर्वनाम

म आउँछु ।            तँ घर जा \ गएस् ।

ऊ त्यहाँ जान्छ ।

 

विशेषण

कालो घोडा ।           सेती गाई ।

दुब्लो मान्छे ।          बूढी आइमाई ।

 

बहुवचन

नाम, सर्वनाम, विशेषण र क्रियाको अनेक सङ्ख्या बुझाउने शब्दलाई बहुवचन भनिन्छ । वाक्यमा नामिक पद बहुवचनमा भए क्रियापद पनि बहुवचनमा मिलाएर लेख्ने व्यवस्था व्याकरणले गरेको छ । एक बचनबाट बहुवचन बनाउँदा नामिक पदमा ‘हरु’ थपिन्छ, जस्तै :

 

नाम

रामहरु खेल्छन् ।        हरिहरु डुले ।

परेवाहरु उडे ।         सीताहरु आए ।

भाइहरु लडे ।          कलमहरु हराए ।

 

सर्वनाम

हामीहरु आउँछौँ ।

तिमीहरु घर जान्छौँ ।

तिनीहरु त्यहाँ जाऊन् ।

 

विशेषण

काला घोडाहरु । सेती गाईहरु ।

दुब्ला मान्छेहरु ।        बूढी आईमाईहरु ।

(इ) पुरुष : प्रथमद्धितीय र तृतीय

वक्ता, श्रोता र कुरा गर्दाको विषयलाई पुरुष भनिन्छ । वाक्यमा पुरुषका बचि तालमेल मिलाउनलार्य पुरुषको सङ्गति भनिन्छ, जस्तैः

प्रथम पुरुष

वक्ता वा प्रथम पुरुष एक वचनमा भए क्रियापद पनि एक वचनमा हुनुपर्छ । वक्ता बहुवचनमा भए क्रियापद पनि बहुवचनमा हुनुपर्दछ, जस्तै :

म घर जान्छु ।         हामी घर जान्छौँ ।

म अहिले काठमाण्डुमा बस्छु      हामी अहिले काठमाण्डुमा बस्छौँ ।

द्धितीय पुरुष

श्रोता वा द्धितीय पुरुष एक वचनमा भए क्रियापद एकवचनमा र श्रोता बहुवचनमा भए क्रियापद पनि बहुवचनमा हुन्छ । यसरी श्रोताको वचनअनुसार क्रियापद मिलाउनुलाई द्धितीय पुरुषको सङ्गति भनिन्छ, जस्तै :

तँ अहिले नकराई बस् ।   तिमीहरु अहिले नकराई बस त ।

तेरो काम कहिले सकिन्छ ?      तिमीहरुको काम कहिले सकिन्छ ?

तृतीय पुरुष

कुरा गर्दा विषय बनेको अन्य पुरुषलाई तृतीय पुरुष भनिन्छ । तृतीय पुरुषमा अन्य र क्रियाको सङ्गति मिलाउनु पर्दछ, जस्तै :

यो किताब हो । यी किताबहरु हुन् ।

त्यो भर्खर आयो ।       ती भर्खर आए ।

(ई) आदरार्थी : अनादर र आदर

आदरको भाव बुझाउने क्रियाको रुपलाई आदरार्थी भनिन्छ । नेपालीमा आदरार्थीका चार तह छन्ः अनादर (तँ, ऊ, त्यो), सामान्य आदर (तिमी, उनी, तिनी), उच्च आदर (तपाईँ, उहाा, यहाँ) र उच्चतम्/अत्युच्च आदर (हजुर, मौसुफ) । आदरका तहअनुसार क्रियापद मिलाउनु आदरार्थीको सङ्गति हो । जस्तै :

अनादर               : तँ गइस्/जान्छस्/जान्छेस् ।

                             ऊ गयो/गई/गएछ ।

सामान्य आदर                : तिमी गयौ/जान्छौ/जान्छ्यौ ।

                             उनी गए/गइन्/गएछन्/गइन्छन् ।

उच्च आदर                   : तपाई जानुभयो/तपार्इँहरुले खेल्नुभयो ।

                             उहाँ आउनुभयो /उहाँले ठूलो कल्याण गर्नुभयो ।

उच्चतम/अत्युच्च आदर :

हजुर आइबक्सियोस् ।

हजुर राजहोस् ।

 

१. तल दिइएका नमिलेका सङ्गति मिलाई तिनको पुनर्लेखन गर्नुहोस् ।

क) गोरी साह्रै फुर्तिली छे ।

ख) शङ्कर गरीब केटो हो ।

ग) हामीसँग प्रशस्त खाने कुराहरु छन् ।

घ) आज हाम्रा दाजु आउनु भएको छ ।

ङ) हामीले त भनेका छौँ ।

च) हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले थुप्रै कविता लेखेका छन् ।

छ) भूपी शेरचनले मेरो देश कविता लेखेका हुन् । उनलाई व्यङ्ग्य कविका रुपमा पनि चिनिन्छ ।

ज) रामका साथीहरु उसलाई भेट्न आएका छन् ।

झ) आजको पत्रिकामा उच्च माध्यमिक शिक्षा परिषद्को सूचना प्रकाशित भएको छ ।

ञ) मेरो साथी घुन्द्रुक गएको छ । ऊ एक हप्ता बसेर आउँछ ।

ट) छुट्टि कहिले हुन्छ हँ ?

ठ) आउने साता हामी बनभोज जाऔँला ।

 

२. तलका कर्म र भाववाच्यका वाक्यलार्य सङ्गति मिलाएर पुनर्लेखन गर्नुहोस् ।

क) पुरस्कार पाइयो ।

ख) आफू त मस्त निदाइएछ । निदाइयो ।

ग) घरहरु बेचिए ।

घ) घुम्न गइयो । ङ) हराएको सामान भेटियो ।

च) पुस्तकालयमा राम्रा किताबहरु राखिएका छन् ।

छ) आज पारिश्रमिक पाइन्छ ।

ज) राम्रो मिहिनेत गरिएकोङ) हराएको सामान भेटियो ।

च) पुस्तकालयमा राम्रा किताबहरु राखिएका छन् ।

छ) आज पारिश्रमिक पाइन्छ ।

ज) राम्रो मिहिनेत गरिएकोछ ।

झ० विदेश जाने विद्यार्थीहरु ठगिएका छन् ।

ञ० राम्ररी निहँडे लडिन्छ । 


स्रोत :khullakitab

No comments:

Post a Comment

Post Top Ad

Your Ad Spot